राजनीतिक गतिरोधको निकास नखोजे सत्तारुढको औचित्यमाथि प्रश्न उठ्छ: नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकमा जारी राजनीतिक गतिरोधको निकास नखोजे सत्तारुढ गठबन्धनको औचित्यमाथि प्रश्न उठ्ने बताएका छन् । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठकमा पौडेलले उक्त कुरा राखेका हुन् । मुलुकमा राजनीतिक गतिरोध गहिरिँदै गएको अवस्थामा गठबन्धनमा रहेका दलहरूले समाधान खोज्नुपर्ने पौडेलले बताएका हुन् । उनले…