काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी शपथ लिएकै भोलिपल्ट अल्पमतमा परेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का एक प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि सोडारी अल्पमतमा परेका हुन् । मन्त्री पदको शपथका लागि प्रदेश प्रमुखको कार्यालय बोलाएको तर बिना विभागीय मन्त्री बनाउने र मन्त्रालय…