सहकारी प्रकरणमा रवि जोडिएको देखिएको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको बताएका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषयमा संसदमा जवाफ दिँदै उनले गृहमन्त्रीको बचाउ गरेका हुन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाएको विषयमा प्रधानमन्त्री प्रचण्डले भने, “हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति,…