महामन्त्री शर्माले दिए मन्त्री यादवलाई तीनवटा विकल्प

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको गौर नरसंहार दोहोर्‍याउने सार्वजनिक अभिव्यक्तिप्रति काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति प्रकट गरेका छन् । कोरोना संक्रमणपछि आइसोलेसनमै बसेका महाममन्त्री शर्माले राज्यको जिम्मेवारी पदमा बस्ने व्यक्तिको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनुपर्ने बताएका हुन् । उनले हिंसा भड्काउने अभिव्यक्ति जोसुकैबाट आए पनि स्वीकार्य नहुने बताएका छन्…