एमसीसीसहितका विषयमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाउने तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज (एमसीसी) सहित संसदको गतिरोधबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने हुने भएको छ । आज बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने सहमति भएको हो । दुई नेताबीचको भेटमा संसदमा देखिएको गतिरोध अन्त्य गर्दै एमसीसी पेश गर्नेबारेमा छलफल भएको…