खुला केन्द्रीय सदस्यको मतगणनाः शशांक कोइराला अग्रस्थानमा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु भएको छ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । प्रारम्भिक मतगणनामा शशांक कोइराला अग्रस्थानमा हुनुहुन्छ । शशांकपछि रामहरि खतिवडा, उदय शम्सेर जबरालगायत हुनुहुन्छ । एकैपटक १२ स्थानमा मतगणना भइरहेको छ ।…