कांग्रेस १४ औँ महाधिवेशनः मञ्च व्यवस्थापन लगायतको काममा तीब्रता

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउन अब तीन दिन मात्रै बाँकी छ । महाधिवेशन नजिकिएसँगै तयारीलाई तीब्र बनाइएको छ । काठमाडौंको भृकुटीमण्डपमा प्राङ्गण तथा कभर्ड हलमा हुने कांग्रेस महाधिवेशनलाई लक्षित गरी तयारीलाई तीव्रता दिइएको छ । महाधिवेशनको औपचारिक उद्घाटनका लागि भृकुटीमण्डप प्राङ्गणमा मञ्च निर्माणको कामलाई तीव्रता दिइएको छ भने बन्दसत्रका लागि कभर्डहल सजाउन सुरु…