ओखलढुंगा: कांग्रेस क्षेत्रीय समिति र प्रदेश प्रतिनिधिका लागि मतदान जारी

ओखलढुंगा । नेपाली कांग्रेसकाे महाधिवेशन अन्तर्गत आइतबार क्षेत्रीय समिति र प्रदेश महाधिवेशन प्रतिनिधि छनाैटका लागि मतदान सुरू भएकाे छ । दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेकाे ओखलढुंगामा जारी मतदानबाट क्षेत्रीय समितिका पदाधिकारी तथा प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । एक हजार चार सय ४३ मतदाता रहेकाे निर्वाचनमा दुई समूहकाे फरक फरक प्यानल चुनावी मैदानमा छन्…