सर्वोच्च प्रशासनले अदालतबाट हटायो सशस्त्र प्रहरी

काठमाडौं । कानुन व्यवसायीहरूको आन्दोलन दबाउन शुक्रबार सशस्त्र प्रहरी परिचालन गरेको सर्वोच्च अदालत प्रशासन आइतबार त्यसबाट पछि हटेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई आइतबार प्रहरीले सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न दिएको छ । शुक्रबार खटाइएको सशस्त्र प्रहरी पनि हटाइएको छ । तर, प्रहरीले नेपाल बारका पदाधिकारीहरूले सम्बाेधन गर्न…