लोसपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री तयार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको निमन्त्रणमा अध्यक्ष ठाकुर र नेता शरतसिंह भण्डारी उनलाई भेट्न मंगलबार बिहान बालुवाटार पुगेका हुन् । भण्डारी अघिल्लो सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री थिए । मन्त्रीकै हैसियतमा विदेशमा रहेका बेला उनलाई प्रधानमन्त्रीले पदबाट हटाएका थिए । भेटमा…