काठमाडौं । नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपालमा लगानी गर्न नीतिगत समस्या रहेको बताएको छ । आइतबार होटल सोल्टीमा आयोजित नेपालका राजनीतिक दलका नेताहरूसँगको छलफलमा उपमन्त्री हायानले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता आतुर रहे पनि लगानीका लागि नीतिगत समस्या रहेको बताएकी हुन् । 'नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताले…