धुम्बाराहीबाट आफ्नै निवास बूढानीलकण्ठ सरे सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुम्बाराहीस्थित भाडाको घरबाट बूढानीलकण्ठकाे आफ्नै निवासमा सरेका छन् । घरको मर्मत सकिएपछि सभापति देउवा बुधबार आफ्नै निवासमा सरेको उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । गत पुस १० मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेपछि देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट सिधै धुम्बाराहीमा भाडाको निवासमा सरेका थिए । बूढानीलकण्ठस्थित निवास…