एमालेमा सुदृढ पार्टी निर्माणका लागि प्रस्तावित पाँच आयाम

काठमाडौं । नेकपा (एमाले) को जारी प्रथम विधान महाधिवेशनमा आगामी निर्वाचनमा पार्टीलाई सरकारको नेतृत्व गर्ने स्थानमा पु¥याउन सुदृढ पार्टी निर्माणका लागि पाँच आयाम प्रस्ताव गरिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको सङ्ठनात्मक प्रस्तावमा पार्टीमा सही सिद्धान्त, कार्यक्रम र कार्यदिशाको निरुपण तथा त्यससम्बन्धी बुझाइमा एकरुपता आवश्यक…