२१ जिल्लाका कांग्रेस वडा अधिवेशन अझै अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको भदौ १८ गतेदेखि सुरु भएको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आज पनि जारी छ । वडा अधिवेशनका क्रममा आज झापा र मुस्ताङ गरी दुई जिल्लाको कार्यक्रम भएको समितिका संयोजक महादेवप्रसाद यादवले राससलाई जानकारी दिनुभयो । शुक्रबार ३५ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको थियो । पार्टीले क्रियाशील सदस्यताको सूची दिएका जिल्लामध्ये ३७ जिल्लाको…