देउवाले विश्वासको मत पाउने निश्चित, माधव नेपाल समूहले मत दिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने निश्चित भएको छ । एमालेको माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने भएसँगै प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने पक्का भएको हो । एमाले सांसद विरोध खतिवडाले सर्वोच्च अदालतले पनि ह्वीप नलाग्ने भनेकोले विश्वासको मत दिने बताउनुभएको छ ।  नेपाल पक्षका शीर्ष नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे,…