न्यायालय विवादमा मध्यमार्गी बाटो खोज्दै सत्ता गठबन्धन, बिदामा बस्न सक्छन् जबरा

काठमाडौं, १६ मंसिर । सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सत्ता गठबन्धन दलका नेताहरू मध्यमार्गी उपायको खोजीमा जुटेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतकै न्यायाधीशहरू आन्दोलित भइरहेका बेला सत्ता गठबन्धन भने जबरालाई लामो समय बिदामा राखेर कायममुकायमको भरमा अदालत चलाउने रणनीतिमा जुटेका छन् । नेपाल बार एसोसिएसनको ज्ञापनपत्र…