थप पाँच जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले थप पाँच जिल्लाको नामावली सार्वजनिक गरेको छ । आज थपिएको पाँच जिल्लासहित ५३ जिल्लाको नामावली सार्वजनिक भएको छ । कार्यसम्पन्न गरेका थप ५ जिल्लाहरुका क्रियाशील सदस्यको नामावली नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले…