सिटौलाको प्रश्न- जनतालाई हामीले के दिन खोजिरहेका छौँ ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले जनताका समस्या सम्बोधन गर्ने प्रस्ताव ल्याउनुपर्ने बताएका छन् । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले बैठकबाट जनतालाई के दिन खोजिएको भनेर प्रश्न गरे । ‘जनतालाई के दिन खोजिरहेका छौँ ? जनताका दैनिक समस्यालाई सम्बोधन गरेर प्रस्ताव आओस् । समसामयिक राजनीतिमा कांग्रेस के भन्छ…