काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले बजेट निर्माण गर्ने क्रममा संसदको निगरानी बढाउनुपर्ने बताएका छन् । राजस्वका दर निर्धारण गर्दा ‘मुसा’ पसेको भन्दै सांसद भट्टराईले संसद्को निगरानी आवश्यक रहेको धारणा राखे । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा बोल्दै सांसद भट्टराईले उक्त धारणा राखेका हुन् ।…