तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीकाे ध्यानाकर्षण

काठमाडौं । प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले ध्यानाकर्षण गराएका छन् ।   बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरूले  प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन्।  छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश…