सुर्खेत । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धन नभत्किने बताएका छन् । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका श्रेष्ठले बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग अहिलेको समीकरणलाई बदल्नु माओवादीको प्राथमिकता नभएको उल्लेख गरेका हुन् । श्रेष्ठले प्रतिगमनलाई कुनैपनि हालतमा अगाडि बढ्न नदिने, राष्ट्रियताको रक्षा, समृद्धिको लक्ष्य र शान्ति प्रक्रियाको बाँकी कामसहित चारवटा विषय…