काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने बताएका छन् । शनिबार सामाजिक संजालमार्फत सापकोटाले जनमतअनुसार स्थायित्वका लागि मुलुकको प्रमुख नेतृत्व साझेदारी सहमतीय हुनुपर्ने बताएका हुन् । उनले भनेका छन्, ‘जनमतअनुसार स्थायित्वका लागि मुलुकको प्रमुख नेतृत्व साझेदारी सहमतीय हुनुपर्छ । मुलुकलाई समृद्धि र आर्थिक उन्नतिमा लैजानका लागि…