राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग अहिले पनि अमेरिका र नेपालको नागरिकता रहेको छ । अमेरिकामा नागरिकता लिन सजिलो भए पनि सम्पूर्ण दायित्व पूरा गरेपछि मात्र त्याग्न पाइने त्यहाँका कानून व्यवसायीहरुले बताएका छन् । लामिछानेले ती दायित्व पूरा गरिनसकेको कारण अमेरिकाले नागरिकता त्यागेको निस्सा नदिएकाले उनीसँग अहिले पनि दुई देशको नागरिकता रहेको जानकारहरु…