गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई यही संविधान र संसदले टुंग्याउन सक्छ : ज्ञानेन्द्र शाही

काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले प्रचलित संविधानबाट देशमा गणतन्त्रकाबारे निर्णय लिन सकिने बताएका छन् ।  प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा रघुजी पन्त र शक्तिबहादुर बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले अहिलेकै संविधानबाट गणतन्त्र र धर्मनिरपेक्षताका विषयलाई टुंग्याउन सकिने बताएका हुन् ।  नेपालको संविधानले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहीत सार्वभौमसत्ता प्रतिकुल हुनेगरी संशोधन गर्न नसकिने…