काठमाडौँ । बागलुङ क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सघाउने भएको छ । बुधबार ढोरपाटन नगरपालिका-१ बुर्तिबाङमा आयोजित कार्यक्रममा प्रलोपाका उम्मेदवार पदमबहादुर कुँवरले काँग्रेसका उम्मेदवार पौडेललाई समर्थनको घोषणा गरेका छन् । पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा कुँवरले सघाउने बताउँदै आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका थिए । नेकपा माओवादी…