काठमाडौं । सत्ता साझेदार दलहरुले वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको नतिजा र मुलुकका सामु रहेका चुनौतीहरुको सामना गर्न वर्तमान गठबन्धनको आवश्यकता र औचित्यता झन बलियो भएको प्रष्ट पारेको छ । निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व…