कांग्रेसमा समान हक र न्यायका लागि कोइराला पक्षद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको विद्रोही पक्षले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची सच्याउन माग गर्दै आन्दोलनको घोषणा गरेको छ । सोमबार ठमेलस्थित एक होटेलमा बसेको कोइराला समूहका दोस्रो तहका नेताहरूको भेलाले आन्दोलनको घोषणा गरेका हुन् । सभापति शेरबहादुर देउवाले पार्टीभित्र शक्ति सन्तुलन नमिलाई एकलौटी रूपमा समानुपातिक उम्मेदवारको बन्द सूची तयार गरी बुझाएको भन्दै शेखर कोइराला…