काठमाडौं । नेपालको चार दिने भ्रमणमा आएका चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्शु स्वदेश फर्किएका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्शुलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षबाट विदाई गरेका छन् । नेपाल आएलगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहे । भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री…