बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले चुनावको मिति घोषणासंगै सरकार कामचलाउमा परिणत भएको बताएका छन् । बिहीबार प्रेस चौतारी रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष नेम्वाङले सरकारले अब महत्वपूर्ण र मुलुकलाई दूरगामी असर पार्ने निर्णय गर्न नपाउने बताए । उनले भने, ‘आजदेखि सरकार कामचलाउ भयो, अब सरकारले महत्वपूर्ण निर्णय गर्न पाउँदैन…