एमाले अध्यक्ष ओली झापा-५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

झापा । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा एकल सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा-५ का एमाले इन्चार्ज होम थापाले बताए । ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।…