बागीलाई कांग्रेसले भन्यो: ३१ असोजभित्र उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा हुन्छ

काठमाडौं । नेपाली कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ । बुधबार कांग्रेसले विज्ञप्ति जारी गरी सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गरेको बताएको थियो । बिहीबार अर्को विज्ञप्ति जारी गर्दै कांग्रेस मुख्यसचिव कृष्णप्रसाद…