काठमाडौँ । प्रतिनिधि सभामा रिक्त रहेको उपसभामुखका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ। उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान भोलि शुक्रबार हुनेछ। यसैबीच सत्ता गठबन्धनले नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाललाई प्रतिनिधि सभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ। स्रोतका अनुसार काँग्रेस सचेतकसमेत रहेकी भुसाल गठबन्धनकी…