म गठबन्धनको विरोधी होइन, टिकट नपाए विद्रोह हुन्छ: मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कम्युनिष्टहरूसँग गठबन्धन आवश्यक नरहेको भन्दै आफ्नो क्षेत्र सुरक्षित नभए विद्रोह गर्ने चेतावनी दिएका छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले गठबन्धन भएर हालका सभामुख अग्निप्रसाद सापकोटाले टिकट पाए आफूलाई मान्य नहुने चेतावनी दिएका हुन् । नेता बस्नेतले केन्द्रबाट गठबन्धन गरे पनि नगरे पनि आफूलाई मतलब…