राष्ट्रियसभा निर्वाचन : कोरोना संक्रमितले पनि भोट हाल्न पाउने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोरोना भाइरस (कोेभिड–१९) संक्रमितले पनि भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले भोट हाल्न पाउने व्यवस्था गर्ने भनिएको हो । त्यसको लागि मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गरिने आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए । उनले भने,‘कोरोना संक्रमित भएको भए…