काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा प्रतिनिधि सभामा प्रतिपक्षी दल नेकपा एमालेले गरिरहेको अवरोधलाई हटाउने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न सहयोग गरेको भन्दै नेताहरुलाई धन्यवाद दिएका थिए। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत…