कांग्रेसको महाधिवेशनमा २ हजार सुरक्षाकर्मी

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको सुरक्षाका लागि दुई हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना अन्तर्गत प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीको कमान्डमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ । यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको काँग्रेस महाधिवेशन सुरक्षाको जिम्मा महानगरीय…