काठमाडौं, ७ असोज । संघीय संसदको दुबै सदनको बैठक आज बस्दैछ । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै राष्ट्रियसभाले विनियोजन विधेयक, २०७८ परित…