काठमाडौँ । नेपाली कांग्रेसको आशन्न १४औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा सत्ताको दुरुपयोग भएको आशंका गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । शुक्रबार बिहान नेता पौडेलको नेतृत्वमा महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा.मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोलीले पार्टी सभापतिसमेत रहेका देउवालाई बालुवाटार पुगेर पार्टीका क्रियाशील सदस्यहरूको छानबिन…