काठमाडौं, २८ भदौ । माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीको मुद्दामा आज सुनुवाइ हुँदैछ । १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई आज बोलाएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र मिरा खड्काको इजलासमा १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिने/नदिनेबारे छिनोफानो…