रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक

काठमाडौं । नवलपरासी जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आचारसंहिता विपरीताका गतिविधि नगर्न सतर्क गराएको छ । जिल्ला प्रशासन नवलपरासीले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी सभापति रवि लामिछानेको मंगलबारको कार्यक्रमप्रति ध्यानाकर्षण भएको बताएको हो । ‘प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा…