४१ राजनीतिक दलले आयोगमा बुझाए पार्टीको घोषणापत्र

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएकामध्ये ४१ दलले पार्टीको घोषणापत्र निर्वाचन आयोगमा बुझाएका छन् । आयोगले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४१ वटा दलले पार्टीको घोषणापत्र बुझाएको जानकारी दिएको हो । आयोगले फागुन ४ गते अगाडि नै घोषणापत्र बुझाउन भने पनि दलहरूले अहिलेसम्म पनि घोषणापत्र बुझाइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुनले जानकारी दिइन् ।…