बागमती प्रदेश उपसभापति हुमागाईंद्वारा रास्वपा परित्याग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टीसँगको औपचारिक सम्बन्ध अन्त्य गरेका छन्। उनले प्रदेश उपसभापतिको जिम्मेवारीसँगै साधारण सदस्यताबाट पनि अलग भएको जानकारी दिएका हुन्। पार्टीको प्रदेश संरचना विस्तार र संगठन सुदृढीकरणमा, विशेष गरी काभ्रे क्षेत्रमा, आफ्नो सक्रिय भूमिका रहेको उल्लेख गर्दै उनले पछिल्लो समय संगठनभित्र देखिएका प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्।…