निर्वाचनपूर्व कुनै गठबन्धन हुँदैनः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनपूर्व कुनैपनि दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेको छ । नेपाली कांग्रेस केन्द्रिय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको र सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जानकारी दिए । उनले नेपाली कांग्रेस पूर्ण रूपमा चुनावी प्रक्रियामा केन्द्रित रहेको बताए ।…