काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत २३ भदौको घटनामा आफूले गोली चलाउन आदेश नदिएको दोहोर्याएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै २३ भदौको घटनामा आफूले गोली चलाउन आदेश नदिएको दोहोर्याएका हुन् । ओलीले केहीदिनदेखि तत्कालीन प्रधानमन्त्रीको रुपमा आफूले नै गोली चलाउनेजस्ता आदेश दिएको भन्दै गलत प्रचार भईरहेको…