काठमाडौं। सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य र प्रधानमन्त्री बालेन शाहको सचिवालय सदस्य भएको दाबी गर्दै सरकारी कार्यालय अनुगमन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अनुगमन गर्दै आफ्नै गाउँपालिका पुगेपछि झापाको हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । सरकारी कार्यालय, शैक्षिक संस्था तथा संघसंस्थामा धम्कीपूर्ण शैलीमा व्यवहार…