डिजिटल रूपान्तरण कमजोर हुँदा एमालेले क्षति बेहोर्नुपरेको ओलीको निष्कर्ष

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र मानव स्रोतलाई प्रभावकारी रूपमा डिजिटल क्षमतासँग जोड्न नसक्दा संगठनले गम्भीर असर व्यहोर्नुपरेको बताएका छन्। पार्टीद्वारा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले अन्य क्षेत्रहरूमा पनि प्रभाव परेको भए पनि एमालेमा यसको असर अझ बढी देखिएको उल्लेख गरे। उनका…