कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधबारका लागि सारियाे

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका निम्ति उम्मेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधबारका लागि सारिएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार, आज मनोनयन दर्ता भइसकेपछि बाँकी तालिका भोलिबाट कार्यान्वयनमा आउनेछ । मनोनयनपत्र दर्ताका निम्ति यसअघि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो…