काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वेच्चले परमादेश जारी गरेसँगै प्रदेशको राजनीतिक वृत्तमा हलचल पैद भएको छ । हिजो (सोमबार) सर्वोच्च अदालतले आदेश जारी गरेलगत्तै सत्ता पक्ष र विपक्षी दुवै पक्ष आफूअनुकूल बहुमत सुनिश्चित गर्ने प्रयासमा जुटेका छन् । मधेशमा कांग्रेससहितका सात दलले दायर गरेको रिटमाथि सर्वोच्चले मुख्यमन्त्री यादवले…