काठमाडौं । नियमित वा विशेष महाधिवेशनको रस्साकस्सीले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अनिर्णयको बन्दी बनेको छ । असोज २२ मा सुरु भएको केन्द्रीय समिति बैठक सहमतिका लागि भन्दै ७ पटक सारिए पनि ठोस निर्णयमा भने कांग्रेस पुग्न सकेको छैन । नेताहरु मध्यमार्गी बाटोबाट समस्याको समाधान खोज्न प्रयत्नरत भए पनि उनीहरुको प्रयास निर्रथक बन्दै आएको छ…