प्रधानमन्त्रीले विश्वविद्यालयको सबै भारी बोकेर हिंड्न सक्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले सबै कार्यभार बोकेर हिँड्न नसकिने बताएकी छन् । विश्वविद्यालयहरूको कुलपति प्रधानमन्त्री हुने व्यवस्थाप्रति लक्षित गर्दै उनले सबै भारी डोकोभरी बोकेर प्रधानमन्त्री एक्लैले हिँडन नसक्ने बताएकी हुन् । बुधबार त्रिवि सभालाई सम्बोधन गर्दै उनले सो व्यवस्था हटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन लागेको र त्यसमा आफू…