काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेकी छन् । प्रधानमन्त्री निकट स्रोतले मन्त्रिपरिषद्मा जानेहरूको नाममा सहमति नजिक पुगेको जनाउँदै आज या सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाएको हो । जेन–जीका प्रतिनिधिले आफ्नो तर्फबाट मन्त्रीका लागि प्रस्तावित नामहरू पठाइसकेको जानकारी दिएका छन् । अब अन्तिम निर्णय प्रधानमन्त्रीले नै गर्ने स्रोतको भनाइ…