राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा. यादवको आह्वान

काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले मुलुकको विषम परिस्थितिमा राष्ट्रिय एकता कायम गरी सबैलाई संयमित भएर अघि बढ्न आह्वान गरेका छन् । संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै पूर्व राष्ट्रपति डा. यादवले लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्ने बताए । सबै नेपाली…